घरेलु मैदानमा नेपालकाे विजयी सुरुवात

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  साफ यू-२० च्याम्पियनसिपमा नेपालले  विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा आज देखि सुरु खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेकाे हाे ।

नेपालकाे जितमा निराजन धामीले निर्णायक गाेल गरे । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर हरु बनाएपनि सदुपयोग गर्न सकेन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाईमको तेस्रो मिनेटमा श्रीलंकाका मोहमेद थिलहामले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार नेपालका गोलकिपर जियारथ शेखले बचाएका थिए ।

दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । समिर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए ।

नेपालले आफ्नो समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागित छन् ।

प्रकाशित मिति: आइतबार, ०२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.