मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिने उपलब्धि

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १ सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । उनी गत २७ बैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको एक सय दिनपछि कार्कीले ६० बुँदामा उपलब्धि सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन प्रदेशले आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरुलाई समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको उनले बताए ।

आगामी वर्ष २०८२ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्न गरिएको तयारी, प्रदेशका विभिन्न ठाउँमा ट्राफिक लाइट जडान गरेको विषयलाई उपलब्धीको रूपमा सार्बजनिक गरेका छन् ।

केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको एकसय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको र धनकुटाको भेडेटामा निर्माण भएको स्काईवाक उद्घाटन गरेर सञ्चालनमा ल्याएकोलगायत छन् ।

मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सिएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशिलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ ।

यस्तै संखुवासभा र चीनसँग जोड्ने किमाथांङका नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटेरिनरी उपचार केन्द्र सञ्चालन गराएको र विपद्मा परेकाहरुलाई राहत तथा उद्धारमा सहयोग गरेको कुरा पनि उपलब्धिमा समावेश छन् ।

यस्तै पाथिभरा, हलेसी, बराहक्षेत्र धार्मिक क्षेत्र समिति अनि केचना कञ्चनजङ्गा पर्यटन समिति, संघीयता कार्यन्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेकोलगायत उपब्धिहरु छन् ।

प्रकाशित मिति: शुक्रबार, ३२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.