बाढीले चार वटा घर र होटल बगायो

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । खुम्बु पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामे गाउँमा एक्कासी आएको बाढीले केही घर होटल बगाएको प्रहरीले बताएको छ ।

खुम्बु पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामे गाउँमा आज दिउँसो एक्कासी आएको बाढीले चार वटा घर र होटल बगाएको हो । बाढीमा फसेका ५ जनालाई प्रहरीले उद्धार गरेको छ ।

सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढी गएको स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पुगेर उद्धारमा खटिएको छ ।

‘३–४ वटा घर र होटल बगाएको कुरा आएको सबै रिपोर्ट आइसकेको छैन,’उनले भने,‘ प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा छ, बाढीमा फसेका ६–७ जनाको उद्धार भएको छ ।’

बाढीले बगाएको र क्षति पूर्याएको घरको विवरण संकलन भइरहेको उनले बताए । उनका अनुसार थामे क्षेत्रका अधिकांश घरमा बाढी पसेको छ ।

प्रकाशित मिति: शुक्रबार, ३२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.