विराटनगर । खुम्बु पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामे गाउँमा एक्कासी आएको बाढीले केही घर होटल बगाएको प्रहरीले बताएको छ ।
खुम्बु पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामे गाउँमा आज दिउँसो एक्कासी आएको बाढीले चार वटा घर र होटल बगाएको हो । बाढीमा फसेका ५ जनालाई प्रहरीले उद्धार गरेको छ ।
सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढी गएको स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पुगेर उद्धारमा खटिएको छ ।
‘३–४ वटा घर र होटल बगाएको कुरा आएको सबै रिपोर्ट आइसकेको छैन,’उनले भने,‘ प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा छ, बाढीमा फसेका ६–७ जनाको उद्धार भएको छ ।’
बाढीले बगाएको र क्षति पूर्याएको घरको विवरण संकलन भइरहेको उनले बताए । उनका अनुसार थामे क्षेत्रका अधिकांश घरमा बाढी पसेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)