थामेको बाढीपछि दूधकोशीमा सतर्कता

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । सोलुखुम्बुको हिमाली क्षेत्र थामे गाउँमा बाढी आएपछि स्थानीय प्रशासनले दूधकोशी नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

आज दिउँसो लेदोसहित आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका ५ मा पर्ने थामे गाउँमा क्षति पूर्याएको थियो ।

भीषण बाढी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको हो । शुक्रबार दिउँसो बाढी आएपछि प्रशासनले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका बाढीले ३–४ वटा घर बगाएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको उनले बताए । हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने अझै यकिन नभएको उनले बताए ।

बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले पनि अनुरोध गरेको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’

गृह मन्त्रालय विपद् महाशाखाले पनि सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्‍याएको हुन सक्‍नै भन्‍दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, ३२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.