विराटनगर । सोलुखुम्बुको हिमाली क्षेत्र थामे गाउँमा बाढी आएपछि स्थानीय प्रशासनले दूधकोशी नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
आज दिउँसो लेदोसहित आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका ५ मा पर्ने थामे गाउँमा क्षति पूर्याएको थियो ।
भीषण बाढी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको हो । शुक्रबार दिउँसो बाढी आएपछि प्रशासनले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका बाढीले ३–४ वटा घर बगाएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको उनले बताए । हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने अझै यकिन नभएको उनले बताए ।
बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले पनि अनुरोध गरेको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’
गृह मन्त्रालय विपद् महाशाखाले पनि सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्याएको हुन सक्नै भन्दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)