सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशी नदीको सहायक थामे खोलामा शुक्रबार दिउँसो बाढी आएको हो ।

बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार बाढीले केही घर बगाएको छ । मानविय क्षतिको विवरण नआएको उनले बताए ।

केही दिनदेखि सो क्षेत्रमा वर्षा भइरहेको थियो । तर आज एक्कासी ठूलो बाढी आएको हो । माथिल्लो भेगमा रहेको हितताल फुटेर बाढी आएको हुनसक्ने स्थानीयको आशंका छ ।

स्थानीय थामे खोलामा आएको बाढीले गाउँ डुबानमा परेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार थामे गाउँमा ४५ घरधुरी छन् ।

प्रकाशित मिति: शुक्रबार, ३२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.