विराटनगर । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशी नदीको सहायक थामे खोलामा शुक्रबार दिउँसो बाढी आएको हो ।
बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार बाढीले केही घर बगाएको छ । मानविय क्षतिको विवरण नआएको उनले बताए ।
केही दिनदेखि सो क्षेत्रमा वर्षा भइरहेको थियो । तर आज एक्कासी ठूलो बाढी आएको हो । माथिल्लो भेगमा रहेको हितताल फुटेर बाढी आएको हुनसक्ने स्थानीयको आशंका छ ।
स्थानीय थामे खोलामा आएको बाढीले गाउँ डुबानमा परेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार थामे गाउँमा ४५ घरधुरी छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)