काेशी प्रदेशमा पहिलाे कृषि एक्स्पोकाे तयारी

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा कृषि एक्स्पो आयोजना गर्ने भएको छ । २७ भदौदेखि ३० भदौसम्म विराटनगरसँग जोडिएको कटहरी कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ आयोजना गर्न लागेको हो ।

कृषि एक्स्पोको प्रचारप्रसारका लागि महासंघको टोलीले विभिन्न क्षेत्रमा पुगेर अन्तरक्रिया गरिरहेको छ ।

महासंघका अध्यक्ष राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा आयोजना गर्न लागेको बताए । एक्स्पो सफल पार्न कोशी प्रदेश सरकार र सम्बन्धित मन्त्रालय, नेपाल सरकार र स्विस सरकार विकास सहयोगको प्रवर्द्धनात्मक सहयोग रहने उनले बताए ।

नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिकाको सहकार्यमा आयोजना हुने कृषि एक्स्पोमा कृषि क्षेत्रका नवीनतम् प्रविधि, कृषि उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरूको प्रदर्शनी हुने जनाइएको छ ।

कृषि विज्ञहरूको सहभागितामा प्यानल छलफलसहित विभिन्न छलफल आयोजना गरिने अध्यक्ष राउतले बताए । एक्स्पोमा भारतको विहार राज्यबाटसमेत कृषि विज्ञहरू आउने र कृषि क्षेत्रका सवालबारे छलफल र परामर्श गर्ने जनाइएको छ ।

एक्स्पोले कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषकले उत्पादन गरेका वस्तुहरूको प्रवर्द्धन गरी उद्योग स्थापना गर्न प्रेरित गर्ने उद्देश्य रहेको उनले बताए ।

एक्स्पोमा सहभागी र अवलोकन गर्न आउने अन्तर जिल्लाका सहभागीहरूलाई निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको अध्यक्ष राउतले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, २८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.