काेशीमा मन्त्रालय थप्ने मुख्यमन्त्रीको सङ्केत

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली काङ्ग्रेसलाई सरकारमा सहभागी गराउनका लागि मन्त्रालय थप्न सक्ने सङ्केत गरेका छन् ।

सरकारमा सहभागी हुने निर्णय गरेको काङ्ग्रेस आन्तरिक किचलोका कारण सरकारमा सहभागी भएको छैन । कोशी प्रदेशमा काङ्ग्रेसको भागमा परेको ४ मन्त्रालय परेको छ ।

कांग्रेकाे संस्थापन पक्षले २, शेखर कोइराला र कृष्ण सिटौला पक्षले १–१ मन्त्रालय पाउने तयारी थियो । तर डाक्टर शेखर कोइराला पक्षले २ वटा मन्त्रालय माग गरिरहेको छ । काङ्ग्रेसलाई सरकारमा आउन सहज बनाउनका लागि मुख्यमन्त्री कार्कीले मन्त्रालय विभाजन गर्न सक्ने सङ्केत गरेका हुन् ।

सरकारलाई पूर्णता दिने कुरामा केही मन्त्रालयको सङ्ख्या बढाउने हो कि भन्ने कुरा पनि छ,’ उनले भने,‘ सकेसम्म हाम्रो प्रयास अहिलेकै मन्त्रालय सङ्ख्यामा मिलाउने कुरा भएको छ । प्रदेशको मन्त्रालयको सङ्ख्या अधिकतम भनेको ११ वटा हो । त्यहाँभन्दा माथि हामी जान सक्दैनौँ ।’

‘नेपाली काङ्ग्रेसको संसदीय दलका नेतासँग पनि कुरा गरेका छौँ । केन्द्रीय नेतृत्वसँग पनि कुरा भएको छ । मन्त्रालय थप गर्ने विषयमा केही कुरा आएको छैन ।’ उनले फेरि भने,‘नेपालको राष्ट्रिय राजनीतिको विषय तपाईंहरूले बुझ्नु भएकै छ । केन्द्रीय नेताहरूबाट केही कुरा आउला । अहिलेसम्म मन्त्रालय बढाउने कुरा छैन । अहिलेको लागि मन्त्रालय थप्ने कुरा हुँदैन । मेरो यो विषयमा स्पष्ट अडान रहन्छ ।’

नेपाली काङ्ग्रेस केही दिन भित्र सरकारमा सहभागी हुने बताउँदै उनले मन्त्रालय फुटाऊँ भनेर औपचारिक रूपमा कसैले नभनेको बताए ।

राजेन्द्रकुमार राई नेतृत्वको सरकारले २३ माघ २०७८ मा प्रदेशको ७ वटा मन्त्रालयलाई विभाजन गरी १३ वटा बनाएको थियो । हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेपछि मन्त्रालय सङ्ख्या घटाएर ९ बनाएका थिए ।

प्रकाशित मिति: सोमबार, २८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.