धरान खानेपानी विवाद : महशुल घटाउने सहमति

Satya Sanchar सत्य सञ्चार सम्वाददाता

विराटनगर । धरान उपमहानगरपालिकाको खानेपानी महशुल दर पुरानै कायम गर्ने सहमति भएको छ । १ साउनबाट धरानमा खानेपानी महशुल बढेकाे थियाे ।

आन्दोलनरत १० राजनीतिक दलसँगकाे वार्तापछि धरानका मेयर हर्क साम्पाङ खानेपानी सरसफाइ तथा सेवा निर्धारण आयोगको निर्णय मान्न तयार भएका हुन् ।

मेयर सम्पाङ र शुल्क वृद्धि फिर्ता लिन तयार भएसँगै आन्दोलनरत दलसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै मेयर सम्पाङविरुद्ध धरानमा भई रहेको आन्दोलन फिर्ता भएको छ । 

नेपाली कांग्रेस धरानका सभापति श्याम पाेखरेलका अनुसार वृद्धि भएकाे महशुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णता बारे अदालतको फैसला मान्ने र एक साताभित्र बोर्डको सम्पूर्ण हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

खानेपानीको शुल्क र महशुलको बारेमा खानेपानी तथा सरसफाइ सेवा महशुल निर्धारण आयोगमा पठाउने सहमति भएको छ ।

खानेपानीको धारा जडान नामसारी र महशुल वृद्धिको खारेजीको माग गर्दै दुई साता अघिदेखि आन्दोलन हुँदै आएको छ ।

दलहरूले बोर्ड र बिल काउन्टर कार्यालयमा तालाबन्दी गरेका थिए । उच्च अदालतको आदेशमा ताला खोले पनि उपमहानगर कार्यालय घेराउ गर्दै नारा, जुलुस, प्रदर्शन गर्दै आएका थिए ।

प्रकाशित मिति: सोमबार, २८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.