धरान खानेपानी विवाद : महशुल घटाउने सहमति

Satya Sanchar सत्य सञ्चार सम्वाददाता

विराटनगर । धरान उपमहानगरपालिकाको खानेपानी महशुल दर पुरानै कायम गर्ने सहमति भएको छ । १ साउनबाट धरानमा खानेपानी महशुल बढेकाे थियाे ।

आन्दोलनरत १० राजनीतिक दलसँगकाे वार्तापछि धरानका मेयर हर्क साम्पाङ खानेपानी सरसफाइ तथा सेवा निर्धारण आयोगको निर्णय मान्न तयार भएका हुन् ।

मेयर सम्पाङ र शुल्क वृद्धि फिर्ता लिन तयार भएसँगै आन्दोलनरत दलसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै मेयर सम्पाङविरुद्ध धरानमा भई रहेको आन्दोलन फिर्ता भएको छ । 

नेपाली कांग्रेस धरानका सभापति श्याम पाेखरेलका अनुसार वृद्धि भएकाे महशुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णता बारे अदालतको फैसला मान्ने र एक साताभित्र बोर्डको सम्पूर्ण हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

खानेपानीको शुल्क र महशुलको बारेमा खानेपानी तथा सरसफाइ सेवा महशुल निर्धारण आयोगमा पठाउने सहमति भएको छ ।

खानेपानीको धारा जडान नामसारी र महशुल वृद्धिको खारेजीको माग गर्दै दुई साता अघिदेखि आन्दोलन हुँदै आएको छ ।

दलहरूले बोर्ड र बिल काउन्टर कार्यालयमा तालाबन्दी गरेका थिए । उच्च अदालतको आदेशमा ताला खोले पनि उपमहानगर कार्यालय घेराउ गर्दै नारा, जुलुस, प्रदर्शन गर्दै आएका थिए ।

प्रकाशित मिति: सोमबार, २८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.