मोरङको सुन्दरहरैँचामा महिलाको हत्या, श्रीमान पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैँचामा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका की ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेको आरोपमा ५८ वर्षीय लक्ष्मण नेपाल पक्राउ परेका हुन् ।

लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आज दिउँसो १२ बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए ।

लक्ष्मणले श्रीमतीलाई जथाभावी खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट अनुसार, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । प्रहरीका अुसार अंश विवादका कारण पवित्राको हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

पवित्राको माइती मोरङको लेटाङ हो । प्रहरीका अनुसार श्रीमानले १६ धुर जग्गा किनेर श्रीमतीको नाममा पास गरिदिएका थिए । दुई जनाबीच झगडा भएपछि पवित्रा वैशाखदेखि माइततिर गएर बस्न थालेकी थिइन् । त्यसपछि लक्ष्मणले अदालतमा जग्गा रोक्का सम्बन्धी मुद्दा हालेका थिए । पवित्राले पनि सम्बन्धविच्छेद, घरेलु हिंसा र मानोचामल सम्बन्धी मुद्दा दर्ता गरेको पाइएको छ ।

मोरङ अदालतले दुवै जनालाई छलफलमा बोलाएर मुद्दामा मिलापत्र गराएको थियो । मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर हत्या गरेको प्रहरीले बताएको छ ।

पत्नीको हत्यामा संलग्न लक्ष्मण खुकुरीसहित पक्राउ परेका छन् । लक्ष्मणविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने डीएसपी बस्नेतले बताए ।

प्रकाशित मिति: आइतबार, २७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.