इटहरीमा नाबालिकाको हत्या, काका पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इटहरी उपमहानगरपालिका–५ पचरुखीमा डेढ वर्षीया नाबालिकाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

डेढ वर्षीया आइन्सु लुइँटेलको हत्या आरोपमा ३०वर्षीय शालिग्राम लुइँटेललाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु काका भतिजी हुन् ।

डिप्रेशनको औषधि सेवन गरिरहेका लुइटेलले शनिबार भतिजीको घाँटी र टाउकोमा ब्लेडले चिरेर विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट हत्यामा प्रयोग गरिएको ब्लेड सहित लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लुइँटेल केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, २७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.