भारतीय विदेश सचिव नेपाल आउँदै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै छन् । दुईदिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् ।

नेपालमा कांग्रेस–एमालेको गठबन्धनको सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उनी परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्नेछन् ।

भारतस्थित विदेश मन्त्रालयले मिश्रीको यो भ्रमणबाट नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र ‘छिमेकी पहिलो नीति’ अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, २७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.