सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । म्यानचेष्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ७–६ पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

लण्डनस्थित वेम्बली मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

अलेजान्द्रो गार्नाचोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन एक मिनेट अगाडि बर्नार्डो शिल्भाले सिटीका लागि बराबरी गोल गरेका थिए । सिटीका लागि पहिलो पेनाल्टी प्रहार गरेका बर्नार्डोले गोल गर्न सकेनन् । सुरुवाती ५–५ पेनाल्टीमा दुवैले समान ४ गोल गरेका थिए ।

युनाइडेका लागि ब्रुनो फर्नान्डेज, डिएगो डालोट, अलेजान्द्रो गार्नाचो र कासेमिरोले पेनाल्टीमा गोल गरे । यस्तै सिटीका लागि केभिन डे ब्रुएना, एर्लिङ हालान्ड, साभियो र गोलकिपर एडरले पेनाल्टीमा गोल गरे । युनाएटेडका जाडो सान्चो पनि गोल गर्न चुके । ४–४ को बराबरी भएपछि थप पेनाल्टी प्रहार गरिएको थियो ।

सिटीका लागि माथेउज नुनेज, रुबेन डियाज र मानुएल अकान्जीले गोल गरे । युनाइटेडका लागि भने स्कट म्याकटोमिने र लिसान्ड्रो मार्टिनेजले गोल गर्दा जोनी इभान्सले गोल गर्न सकेनन् ।

प्रकाशित मिति: आइतबार, २७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.