सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । म्यानचेष्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ७–६ पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

लण्डनस्थित वेम्बली मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

अलेजान्द्रो गार्नाचोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन एक मिनेट अगाडि बर्नार्डो शिल्भाले सिटीका लागि बराबरी गोल गरेका थिए । सिटीका लागि पहिलो पेनाल्टी प्रहार गरेका बर्नार्डोले गोल गर्न सकेनन् । सुरुवाती ५–५ पेनाल्टीमा दुवैले समान ४ गोल गरेका थिए ।

युनाइडेका लागि ब्रुनो फर्नान्डेज, डिएगो डालोट, अलेजान्द्रो गार्नाचो र कासेमिरोले पेनाल्टीमा गोल गरे । यस्तै सिटीका लागि केभिन डे ब्रुएना, एर्लिङ हालान्ड, साभियो र गोलकिपर एडरले पेनाल्टीमा गोल गरे । युनाएटेडका जाडो सान्चो पनि गोल गर्न चुके । ४–४ को बराबरी भएपछि थप पेनाल्टी प्रहार गरिएको थियो ।

सिटीका लागि माथेउज नुनेज, रुबेन डियाज र मानुएल अकान्जीले गोल गरे । युनाइटेडका लागि भने स्कट म्याकटोमिने र लिसान्ड्रो मार्टिनेजले गोल गर्दा जोनी इभान्सले गोल गर्न सकेनन् ।

प्रकाशित मिति: आइतबार, २७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.