युनुस नेतृत्वको सरकारमा दुई मन्त्री विद्यार्थी

Satya Sanchar सत्य सञ्चार

विराटनगर  । नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन् ।

शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासित भएको तेस्रो दिन बिहीबार युनुसले अन्तरिम सरकार प्रमुखको शपथ लिएका हुन् ।शपथका क्रममा उनले भने ‘म पूर्ण निष्ठाका साथ संविधानको रक्षा गर्नेछु ।’

युनुस लघुवित्त वित्तीय संस्थाका प्रवर्तक हुन् । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन गर्ने उद्देश्यसहित गठन भएको थ्री जिरो क्लबको पनि प्रवर्तक हुन् । थ्री जिरो क्लबकाे सञ्जाल विश्वव्यापी छ । उनले सुरु गरेको लघुवित्त मोडलको पनि विश्वव्यापी सञ्जाल छ ।

बंगलादेशी अखबार ‘द डेली स्टार’ का अनुसार युनुस नेतृत्वको १६ सदस्यीय अन्तरिम सरकारमा पछिल्लो आन्दोलन नेतृत्व गरेका विद्यार्थी नेताहरू नाहिद इस्लामी र असिम महमुद पनि सदस्य छन् ।

त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, २५ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.