युनुस नेतृत्वको सरकारमा दुई मन्त्री विद्यार्थी

Satya Sanchar सत्य सञ्चार

विराटनगर  । नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन् ।

शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासित भएको तेस्रो दिन बिहीबार युनुसले अन्तरिम सरकार प्रमुखको शपथ लिएका हुन् ।शपथका क्रममा उनले भने ‘म पूर्ण निष्ठाका साथ संविधानको रक्षा गर्नेछु ।’

युनुस लघुवित्त वित्तीय संस्थाका प्रवर्तक हुन् । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन गर्ने उद्देश्यसहित गठन भएको थ्री जिरो क्लबको पनि प्रवर्तक हुन् । थ्री जिरो क्लबकाे सञ्जाल विश्वव्यापी छ । उनले सुरु गरेको लघुवित्त मोडलको पनि विश्वव्यापी सञ्जाल छ ।

बंगलादेशी अखबार ‘द डेली स्टार’ का अनुसार युनुस नेतृत्वको १६ सदस्यीय अन्तरिम सरकारमा पछिल्लो आन्दोलन नेतृत्व गरेका विद्यार्थी नेताहरू नाहिद इस्लामी र असिम महमुद पनि सदस्य छन् ।

त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, २५ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.