प्रदेश समिति बैठकमा प्रचण्ड: यो सरकार धेरै जानेवाला छैन

Satya Sanchar सत्य सञ्चार सम्वाददाता

विराटनगर । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार धेरै समय नटिक्ने बताएका छन् ।

माओवादीको कोशी प्रदेश समितिको विराटनगरमा मङ्गलवार सम्पन्न सातौँ पूर्ण बैठकमा मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । ‘यो सरकार धेरै जानेवाला छैन । यद्यपि हामी सरकारमा जान कुनै हिसाबले प्रयास गर्दैनौँ,’ उनले भने,‘सरकार नै हामीलाई खोज्दै आउँला कि भन्ने डर छ । तर, म अब प्रधानमन्त्री बन्दिनँ । उनीहरू फतक्क झर्नेवाला छन् ।’

उनले आफू ३५–३६ वर्षदेखि नेतृत्वमा रहेको र यो अवधिमा भएका सबै घटनाक्रमको बारेमा जानकार रहेको पनि बताए । उनले अझै लामो समय आफू नै अध्यक्ष हुनुपर्छ भन्ने नरहेको तर, त्यो खालको टिम निर्माण नहुँदा अप्ठ्यारो भएको बताए ।

सरकार ढल्नुमा दुई जना बिचौलिया पक्राउ पर्नु र धितो पत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उनले बताए । ‘अन्तिम समयमा दुई जना पक्राउ परेका थिए नि ?,’ बेचन झा र प्रतीक थापातिर लक्षित गर्दै प्रचण्डले भने, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानीलकण्ठ तिर सोझियो । त्यसपछि त सरकार ढल्यो ।’

आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नियुक्त गरेका कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेको भए पनि अहिले उनैलाई हटाउन सरकारले तयारी गरिरहेको प्रचण्डले दाबी गरे ।

प्रकाशित मिति: मङ्गलबार, २२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.