सरकारसँग लेखा समूहका कर्मचारीको असन्तुष्ट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकार मातहतका लेखा समूहका कर्मचारीहरूले असन्तुष्ट बनेका छन् । कर्मचारी बढुवा र व्यवस्थापनमा प्रक्रियाका कारण लेखा समूहका कर्मचारी असन्तुष्ट बनेका हुन् ।

लेखा समूहले सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

विज्ञप्तिमा प्रदेश प्रशासन सेवाका ज्येष्ठ कर्मचारीहरूलाई कनिष्ठ बनाउने गरी गरिएको बढुवा लगायतका कार्यहरूप्रति समूहको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । लेखा समूहले समान अवसर र व्यवहारको सिद्धान्त अनुरूप कार्य वातावरण सिर्जना गर्न जोडदार माग गरेको छ ।

प्रदेश लेखा समूहले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीको जिम्मेवारीप्रति प्रदेश सरकारले उचित ध्यान नदिएको आरोप लगाइको छ ।

प्रदेश सरकारले आफूहरूको मागहरूलाई बेवास्ता गरेमा दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मङ्गलबार, २२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.