सरकारसँग लेखा समूहका कर्मचारीको असन्तुष्ट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकार मातहतका लेखा समूहका कर्मचारीहरूले असन्तुष्ट बनेका छन् । कर्मचारी बढुवा र व्यवस्थापनमा प्रक्रियाका कारण लेखा समूहका कर्मचारी असन्तुष्ट बनेका हुन् ।

लेखा समूहले सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

विज्ञप्तिमा प्रदेश प्रशासन सेवाका ज्येष्ठ कर्मचारीहरूलाई कनिष्ठ बनाउने गरी गरिएको बढुवा लगायतका कार्यहरूप्रति समूहको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । लेखा समूहले समान अवसर र व्यवहारको सिद्धान्त अनुरूप कार्य वातावरण सिर्जना गर्न जोडदार माग गरेको छ ।

प्रदेश लेखा समूहले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीको जिम्मेवारीप्रति प्रदेश सरकारले उचित ध्यान नदिएको आरोप लगाइको छ ।

प्रदेश सरकारले आफूहरूको मागहरूलाई बेवास्ता गरेमा दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मङ्गलबार, २२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.