माओवादी केन्द्र प्रदेशको बैठक सुरु, ब्यानरमा लेखिएन काेशी

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश  समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठक सुरु भएको हो ।

विराटनगरको होटेल स्वागतमा आयोजित बैठकमा प्रदेश समिति र सो सरह तथा माथिल्लो समितिका नेताहरूको उपस्थिति छ । बैठकमा पछिल्लो परिस्थिति र पार्टीको अवस्थाबारे अध्यक्ष प्रचण्डले प्रतिरक्षात्मक मन्तव्य तथा निर्देशन दिने बताइएको छ ।

सबै जिल्लाका संयोजकबाट रिपोर्टिङ हुने र अन्तरक्रिया पनि हुने प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।

बैठकको ब्यानरमा भने काेशी प्रदेशको नाम लेखिएको छैन । प्रदेश १  नै लेखिएकाे छ ।

१७ फागुन २०७९ मा प्रदेश १ को नाम कोशी राखेको थियो ।  कोशीको पक्षमा मतदान गरेपनि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.