माओवादी र सत्तापक्षले चाहेको संविधान संशोधन फरक हो : प्रचण्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र सत्तापक्षले चाहेकाे संविधान संशोधन फरक रहेकाे बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तारुढ कांग्रेस–एमालेले गर्न खोजेको संविधान संशोधन र आफूहरुले चाहेको संशोधनमा फरक रहेको उनले बताए ।

‘हामी अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर अझ अधिकार दिन संविधान संशोधनको पक्षमा छौं’, प्रचण्डले भने, ‘अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि सबै हेर्दा उनीहरुले जनतालाई अझ अधिकार सम्पन्न बनाउन होइन, अधिकार कटौती गर्ने उद्देश्य अन्तरनिहीत भएकाले आलोचना गरेका हौं ।’

उनले निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताए । तर सत्तापक्षाले सोचेको संशोधन मनशाय फरक रहेको उनले बताए । हामी अझ समावेशी बनाउन संविधान संशोधन भन्छौं, उहाँहरु कटौती गर्न, झण्डैझण्डै २ पार्टी भनेर पश्चिमा लोकतन्त्रको नक्कल गर्न दुस्साहस गर्दै हुनुहुन्छ ।’ उनले भने ।

कांग्रेस र एमाले मिल्नासाथ संविधान संशोधन भइहाल्ने अवस्था नरहेको उनले बताए ।

बहुमतको बलमा समानुपातिक समावेशीताको अधिकार कतौती गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, २१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.