धरानमा विवाद : महशुल घटाउन ऋण मिनाहा गर्नुपर्ने मेयरकाे शर्त, काउन्टरमा दश दलको तालाबन्दी

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर ।  धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई ( हर्क साम्पाङ) ले वृद्धि भएको खानेपानी महशुल र जडान शुल्क घटाउन एशियाली विकास बैङ्कबाट लिएको ऋण मिनाहा गर्नुपर्ने शर्त राखेका छन् ।

१ साउनबाट साम्पाङ अध्यक्ष रहेको खानेपानी व्यवस्थापन बोर्डले खानेपानी महशुल र जडान शुल्क बढाएको थियो । त्यसो विरोधमा १० राजनीतिक दल आन्दोलनमा छन् । उनीहरूले बढेको शुल्क घटाउन माग गरेका छन् । तर मेयर साम्पाङले भने बढेको शुल्क घटाउन एडीबीको ऋण मिनाहा हुनुपर्ने सर्त राखेका हुन् । ऋण मिनाहा नभए शुल्क नघट्ने उनले  बताएपछि १० राजनीतिक दलले खानेपानी बोर्डको महशुल सङ्कलन काउन्टरमा तालाबन्दी गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै साम्पाङले ऋण तिर्नका लागि महशुल र अन्य शुल्क बढाएको बताएका थिए । राजनीतिक दलहरूले सोमबार धरान उपमहानगरपालिका– ११, १५ र १६ नम्बर वडामा रहेको तीन वटा खानेपानीको काउन्टरमा तालाबन्दी गरेका हुन् ।

माग सम्बोधन नभएसम्म यो तालाबन्दी नखोल्ने सङ्घर्षरत दल मध्येको एक नेपाली काङ्ग्रेस धरान नगरसभापति श्याम पोखरेलले बताए । ‘हाम्रो धेरै माग छैन, बोर्डले पुरानै शुल्क कायम गरे ताला खोल्छौ,’ उनले भने,‘ बढेको शुल्क नघटेसम्म तालाबन्दी खोल्दैनौं ।’

पालिका प्रमुख अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागुहुनेगरि खानेपानी महशुल र शुल्क वृद्धि गरेको  थियो ।

शुल्क घटाउनका लागि ११ साउनदेखि १० राजनीतिक दल आन्दोलनमा छन् । तर साम्पाङ घटाउने पक्षमा छैनन । नागरिक अभियन्ता हुँदा साम्पाङ शुल्क घटाउने आन्दोलनमा थिए । अहिले उनी ऋण तिर्नका लागि शुल्क बढाउनुको विकल्प नरहेको बताउँछन् ।   उनका अनुसार खानेपानी वितरणका लागि उपमहानगरले लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।

उनले आम नागरिकको घरमा जडान भएको धारामा धेरै शुल्क नबढेको बताए । धरानमा धेरै धारा हाफ इन्चको छ । २७ हजार ६३० वटा घरमा हाफ इन्च(१/२) इन्चको धारा जडान भएको उनले बताए । त्यस भन्दामाथिको धारा थोरै  रहेकाे उनले बताए ।

पहिले १० युनिटको १३० रुपैयाँ रहेकामा अहिले २० रुपैयाँ बढाएर १५० रुपैयाँ पुर्याएको उनले बताए । एक युनिटमा एक हजार लिटर पानी हुन्छ । १० देखि ३० युनिटमा प्रत्येक युनिटमा ३० रुपैयाँ शुल्क थियो । यो शुल्क परिवर्तन नभएको उनले बताए । ३० युनिटदेखि माथि भने प्रतियुनिट ५० रुपैयाँ  पुर्याएको उनले बताए । यसअघि ३० युनिट भन्दा माथि प्रतियुनिट ४५ रुपैयाँ थियो । ‘विदेशी ऋण तिर्नका लागि हाम्रो इज्जत बचाउनका लागि हो,’ उनले भने ।

२०७४ सालयता धरानमा खानेपानीको महशुल बढेको छैन । सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महशुल पनि बढाएको उनको तर्क छ ।

प्रकाशित मिति: सोमबार, २१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.