काठमाडौँ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि बङ्गलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको हो ।
सेनाका प्रमुख वाकेर उज जमनले देशवासीका नाममा सोमबार अपराह्न सम्बोधन गर्दै अन्तरिम सरकार बनाउने जानकारी गराएका हुन् । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको उनको भनाइ थियो ।
विपक्षी दल बङ्गलादेश नेसनालिस्ट पार्टी नेताहरूसँग पनि छलफल गरिरहेको अलजजिराको समाचारमा उल्लेख छ।
प्रदर्शनकारीहरूबाट असुरक्षा महसुस भएपछि सेनाको हेलिकप्टर चढेर हसिना देश छाडेकी छन् । उनी भारतकाे त्रिपुरा पुगेकाे बीबीसीले जनाएकाे छ ।
जुलाई १५ बाट कोटा बिरोधी आन्दोलनमा ३०० बढीको ज्यान गइसकेको छ । आइतबार एकै दिन प्रदर्शनका क्रममा ९० जनाको ज्यान गएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)