विराटनगरकाे बरगाछीमा ट्राफिक लाइट जडान

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर ।  विराटनगरको बरगाछीमा ट्राफिक लाइट जडान भएकाे छ । ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारले बरगाछी चोकमा ट्राफिक लाइट जडान गरेकाे हाे । विराटनगरमा जडान भएकाे ट्राफिक लाइट पहिलाे हाे ।

विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गरेका छन् । प्रदेश राजधानी विराटनगरस्थित बरगाछीको सडक सवारीसाधन अत्यधिक आवतजावत हुनेभित्र पर्छ । सवारी चापका कारण अस्तव्यस्त बन्दै विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको हो ।

लाइटको उद्घाटन गर्दै मन्त्री अधिकारीले अबका दिनमा सवारी आवागमन सहज हुने र सवारी दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने अपेक्षा गरिएको बताए । ट्राफिक लाइटले सडक सुशासन कायम गर्न र पैदल यात्री तथा सवारीसाधनलाई सहज ढंगले सडक पार गर्न सहयोग पुग्ने उनको भनाइ छ । जनघनत्व र सवारी चापको अवस्थालाई मध्यनजर गर्दै विराटनगरका विभिन्न स्थानमा ट्राफिक लाइट राख्ने योजना बनाइएको अधिकारीको भनाइ छ ।

मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले विराटनगरको बरगाछी चोकमा कोशी लोकमार्ग र सहायक सडक पार गर्न चारवटै कोणमा लाइट जडान गरिएको जानकारी दिए । उनका अनुसार ट्राफिक लाइट उद्घाटनलगत्तै सवारी चालक र सर्वसाधारणका लागि ट्राफिक सचेतनासमेत गरिएको थियो । मन्त्रालयको २३ लाख रूपैयाँको लागतमा लाइट जडान गरेको थापाले बताए ।

बरगाछीमा उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने सडक छ । ट्राफिक व्यवस्थापन भद्रगोल हुँदा लामो समयसम्म सवारी जाम र दुर्घटना अत्यधिक हुने गरेको थियो । लाइटको प्राविधिक पक्षलगायतको परीक्षण सफल भएपछि उद्घाटन गरेर सञ्चालनमा ल्याइएको मन्त्रालयका सचिव थापाले बताए । उनका अनुसार ट्राफिक लाइटमा सबैलाई अभ्यस्त बनाउन यसअघिदेखि नै सचेतनामूलक कार्यक्रम गरिँदै आएको थियो ।

कोशी प्रदेशको इटहरी र दमकमा यसअघि नै लाइट जडान गरेर सञ्चालनमा ल्याइसकिएको छ ।

प्रकाशित मिति: सोमबार, २१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.