विराटनगरकाे बरगाछीमा ट्राफिक लाइट जडान

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर ।  विराटनगरको बरगाछीमा ट्राफिक लाइट जडान भएकाे छ । ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारले बरगाछी चोकमा ट्राफिक लाइट जडान गरेकाे हाे । विराटनगरमा जडान भएकाे ट्राफिक लाइट पहिलाे हाे ।

विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गरेका छन् । प्रदेश राजधानी विराटनगरस्थित बरगाछीको सडक सवारीसाधन अत्यधिक आवतजावत हुनेभित्र पर्छ । सवारी चापका कारण अस्तव्यस्त बन्दै विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको हो ।

लाइटको उद्घाटन गर्दै मन्त्री अधिकारीले अबका दिनमा सवारी आवागमन सहज हुने र सवारी दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने अपेक्षा गरिएको बताए । ट्राफिक लाइटले सडक सुशासन कायम गर्न र पैदल यात्री तथा सवारीसाधनलाई सहज ढंगले सडक पार गर्न सहयोग पुग्ने उनको भनाइ छ । जनघनत्व र सवारी चापको अवस्थालाई मध्यनजर गर्दै विराटनगरका विभिन्न स्थानमा ट्राफिक लाइट राख्ने योजना बनाइएको अधिकारीको भनाइ छ ।

मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले विराटनगरको बरगाछी चोकमा कोशी लोकमार्ग र सहायक सडक पार गर्न चारवटै कोणमा लाइट जडान गरिएको जानकारी दिए । उनका अनुसार ट्राफिक लाइट उद्घाटनलगत्तै सवारी चालक र सर्वसाधारणका लागि ट्राफिक सचेतनासमेत गरिएको थियो । मन्त्रालयको २३ लाख रूपैयाँको लागतमा लाइट जडान गरेको थापाले बताए ।

बरगाछीमा उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने सडक छ । ट्राफिक व्यवस्थापन भद्रगोल हुँदा लामो समयसम्म सवारी जाम र दुर्घटना अत्यधिक हुने गरेको थियो । लाइटको प्राविधिक पक्षलगायतको परीक्षण सफल भएपछि उद्घाटन गरेर सञ्चालनमा ल्याइएको मन्त्रालयका सचिव थापाले बताए । उनका अनुसार ट्राफिक लाइटमा सबैलाई अभ्यस्त बनाउन यसअघिदेखि नै सचेतनामूलक कार्यक्रम गरिँदै आएको थियो ।

कोशी प्रदेशको इटहरी र दमकमा यसअघि नै लाइट जडान गरेर सञ्चालनमा ल्याइसकिएको छ ।

प्रकाशित मिति: सोमबार, २१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.