प्रतितोला डेढ लाख पुग्यो सुनको मुल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सुनको बजार भाउ प्रतितोला एक लाख ५० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च हो ।

आइतबार तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, २१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.