विराटनगर । प्रहरीले झापा र मोरङबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । शनिबार दुई जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
शनिबार झापाको इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– ५ का ३२ वर्षीय विजय मगर, ३७ वर्षीय बिदुर मगर, मेचीनगर नगरपालिका– ९ का ४५ वर्षीय शेरबहादुर लिम्बू र माई नगरपालिका– २ इलामका ३० वर्षीय रूपेश ढुङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका– ३ इलाम घर भइ दमक नगरपालिका– ५ मा डेरागरी बस्दै आएका २६ वर्षीय अगम राई र कमल गाउँपालिका– ५ का ३६ वर्षीय जीवन लिम्बूलाई ५ ग्राम ब्राउनसुगर र नगद २९ हजार ४५० रुपैयाँसहित पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ९ का २६ वर्षीय अजय धिमाललाई १ ग्राम ब्राउनसुगर र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका– ५ बाट ५५० मिलिग्राम ब्राउनसुगरसहित इलाम चुलाचुली– ३ का २८ वर्षीय विवेक राईलाई पक्राउ गरेको हो ।
मोरङबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका– १० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बीआर ३८ डी ७८८९ नम्बरको मोटरसाइकल चालक रङ्गेली नगरपालिका– ७ का २४ वर्षीय अबय शाह र सुनवर्सी नगरपालिका– ७ का १९ वर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यस्तै कानेपोखरी गाउँपालिका– २ बाट बीआर ३८ एबी ४१३५ नम्बरको मोटरसाइकल चालक भारत अररियाका २१ वर्षीय मोहम्मद इसराख गमिरलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउनसगुरसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका– ९ बाट स्थानीय २७ वर्षीय विशाल राई ८३ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)