विराटनगर विद्यालय नाटक महोत्सव भदाैमा

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव गरिने भएको छ । आरोहण गुरुकुल विराटनगरले गर्ने महोत्सव २२ भदौदेखि १० दिनसम्म सञ्चालन हुनेछ ।

चौथो संस्करणको  महोत्सवमा विद्यालयको सहभागिताका लागि गुरुकुलले आह्वान पनि गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन् ।

आवेदन मध्येबाट नौवटा विद्यालय छनोट हुनेछन् । विद्यालयलाई गुरुकुल नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर नाटक सिकाउनेछ । नाटक गुरुकुलको नाटकघरमा पञ्चन हुनेछ ।

पाठ्यक्रममा भएको वा शिक्षक तथा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटकमा  विद्यार्थीले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ ।

नौ विद्यालय र आयोजकको एउटासमेत गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रंगमञ्चसँग जोड्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । यसअघिको तीन संस्करण सफल भएका कारण चौथो पटक महोत्सव आयोजना गर्न लागेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, २० साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.