विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव गरिने भएको छ । आरोहण गुरुकुल विराटनगरले गर्ने महोत्सव २२ भदौदेखि १० दिनसम्म सञ्चालन हुनेछ ।
चौथो संस्करणको महोत्सवमा विद्यालयको सहभागिताका लागि गुरुकुलले आह्वान पनि गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन् ।
आवेदन मध्येबाट नौवटा विद्यालय छनोट हुनेछन् । विद्यालयलाई गुरुकुल नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर नाटक सिकाउनेछ । नाटक गुरुकुलको नाटकघरमा पञ्चन हुनेछ ।
पाठ्यक्रममा भएको वा शिक्षक तथा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटकमा विद्यार्थीले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ ।
नौ विद्यालय र आयोजकको एउटासमेत गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रंगमञ्चसँग जोड्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । यसअघिको तीन संस्करण सफल भएका कारण चौथो पटक महोत्सव आयोजना गर्न लागेको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)