खोर्सानी खेतीले रोक्यो विदेशकाे बाटो

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीले केही  वर्ष विदेशमा बिताए । मलेसियाबाट दुई वर्षअघि फर्किएका उनी अहिले व्यावसायिक रुपमा अकबरे खाेर्सानी खेती गर्छन् । अकबरेखेतीबाट घरखर्च चलेको छ । आम्दानीपनि विदेशको भन्दा राम्रो छ ।

दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती गरिरहेका कार्कीले पहिलो वर्ष तीन लाख आम्दानी गरे ।

‘गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै राम्रो आम्दानी भयो,’ कार्कीले भने,‘प्रतिकेजी दुई सय ५० देखि तीन सयसम्ममा बारीमा नै खोर्सानी बिक्री हुन्छ ।’ आम्दानी राम्रो भएपछि उनले खेती विस्तार गरेका छन् । बेरोजगार भएर विदेश जानुपर्ने बाध्ययता पनि हटेको छ ।

यो वर्ष उनले पाँच हजार बोट अकबरे रोपेका छन् । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गरेका हुन् ।

उत्पादिन अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उनले बताए । “दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ, पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ,’ उनले भने,‘ एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर १० लाख कमाइ गर्ने लक्ष्य छ ।’

हरियो खुर्सानी प्रतिकेजी दुई सय ५० मा बारीबाटै बिक्री हुने गरेको छ । अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।

सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गरेका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको बताए । अबकरेसँगै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडोको खेती पनि गर्ने उनको योजना छ ।

प्रकाशित मिति: आइतबार, २० साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.