सरकार विस्तारका लागि कांग्रेसको निर्णय पर्खदै मुख्यमन्त्री

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेसले नाम नदिएका कारण कोशी प्रदेश सरकार विस्तारमा अन्याेल भएकाे छ । गत शनिबार एमाले नेतृत्वकाे सरकारमा सहभागी हुने कांग्रेसले सहमति गरेका थिए । तर कांग्रेसले मन्त्रीको नाम नदिएका कारण अन्योल भएको हो ।

मुख्यमन्त्री हिक्मत कार्की सरकार विस्तारका लागि कांग्रेसबाट आउने मन्त्रीहरुको नाम पर्खेरै बसेका छन् । ‘उहाँहरुको कोर्टमा बल छ, कहिले दिनुहुन्छ त्यहीँले (त्यसैदिन) टुङ्ग्यान्छ’, सोमबार काठमाडौँबाट विराटनगर फर्केका मुख्यमन्त्री कार्कीले भनेका थिए ।

कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा गर्दा मुख्यमन्त्री सहित ५ मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाएको छ ।

एमालेसँग सहमति जुटेपछि कांग्रेसबाट सभापति शेरबहादुर देउवा समूहबाट २, डाक्टर शेखर कोइराला समूहबाट १ र कृष्णप्रसाद सिटौला समूहबाट एक जना मन्त्री बन्नेगरी सरकारमा पठाउने तयारी छ । तर शेखर कोइराला एउटा मात्रै मन्त्रालय लिन तयार छैनन । आफ्नो गृह प्रदेश भएका कारण उनले दुई मन्त्रालयको अडान लिएका छन् ।

मन्त्रालय भागवण्डामा पार्टी भित्र सहमति नगरी कोइराला भारत गएपछि सरकार विस्तार अन्योल भएको हो । ‘जाने विषयमा केही भन्नु भएको छैन । धार्मिक कार्यक्रम र केही राजनीतिक भेटघाट छन् भन्ने सुनेका हो,’ उनी निकट स्रोतले भन्यो, ‘अब १–२ दिनमा फर्कने होला ।’

कोइराला आएपछि मात्रै प्रदेशमा सहभागी हुने मन्त्रीको टुंगो लाग्नेछ । ‘एउटा मात्रै हो भने नाम दिन्न भन्नु भएको छ, उहाँ आएपछि मात्रै थप छलफलपछि नाम टुङ्गो लाग्छ,’ कांग्रेसका एक नेताले भने, ‘अनि मात्रै यहाँ प्रक्रिया अघि बढ्छ ।’

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ सरकारमा जाने मन्त्रीको टुङ्गो लागेपछि मात्र प्रक्रिया अगाडि बढाउने बताउँछन् । आकांक्षी धेरै भएकाले मन्त्रीको टुङ्गो लगाउन केन्द्रलाई पठाइएको उनी बताउँछन् ।

सोमबार बसेको कांग्रेस प्रदेश समिति बैठकले मन्त्री छान्न मापदण्ड चाहिँ बनाएर केन्द्रमा पठाएको छ । केन्द्रको निर्णयपछि सरकारमा सहभागी हुने प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए । कांग्रेस प्रदेश समितिले जातीय, लैङ्गिक, भौगोलिक र कार्यक्षमतालाई आधार बनाएर मन्त्री छान्नुपर्ने मापदण्ड बनाएको छ ।

एमालेसँग भागबण्डामा भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय लिने कांग्रेसले सहमति गरेको छ । यी मन्त्रालय यसअघि माओवादी केन्द्रको नेतृत्वमा थियो । त्यस बाहेक उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय मध्ये थप एउटा लिन मुख्यमन्त्रीको प्रस्ताव छ ।

कोशी सरकारमा संस्थापन समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई, शेखर समूहबाट गोबिन्द गिरी, मानबहादुर लिम्बु, समशेर राई मन्त्रीको प्रमुख दाबेदार हुन् । २९ सांसद रहेको प्रदेशमा कांग्रेसबाट पूर्व दुई मुख्यमन्त्री बाहेक २७ जना मन्त्रीको आकांक्षी छन् ।

प्रकाशित मिति: शनिबार, १९ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.