टिपर र बसले मोटरसाइकललाई ठक्कर दिदा बुबाको मृत्यु, छोरा घाइते

Satya Sanchar सत्य सञ्चार सम्वाददाता

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा बस र टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।

सुरुमा बससँग मोटरसाइकल ठोक्किएको थियो, पछाडिबाट आउँदै गरेको टिपरले पनि ठक्कर दिएको थियो ।

सडकमा गुडिरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसको पछाडि बाबु–छोरा सवार मोटरसाइकल दिउँसो ४ः४५ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ । बसले अचानक ब्रेक लगाउँदा ठोक्किन पुगेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार मोटरसाइकललाई ना १ क ६१६७ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक केराबारी गाउँपालिका–९ का २२ वर्षीय रञ्जित मगर र पछाडि सवार उनका बुवा ६९ वर्षीय रामबहादुर मगर घाइते भएका थिए ।

दुवै जना घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाका रामबहादुरलाई अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए ।

दुर्घटनामा परेर घाइते भएका रञ्जितको उपचार जारी छ । शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था मध्यम रहेको जानकारी प्रहरीले दिएको छ ।

मोटरसाइकल, टिपर, बस र बसका चालक उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, १९ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.