योजना बैङ्क मार्फत योजना छान्छौ ,बजेटको विकृति हटाउँछौ : मुख्यमन्त्री कार्की 

Satya Sanchar सत्य सञ्चार संवाददाता
मुख्यमन्त्री हिक्मत कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैङ्क मार्फत बजेटमा योजनाहरू समावेश गर्ने बताएका छन् । योजना एकतिर बजेट अर्को तिर हुने परिपाटी भएकाले यसको अन्त्य गर्न योजना बैंक मार्फत बजेटमा योजना समावेश गर्ने बताएका हुन् ।

प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाइ आदान प्रदान कार्यक्रममा बोल्दै कार्कीले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्ने बताए ।

‘हामीले योजना एकातिर र बजेट अर्को तिर हुने परिपाटी अन्त्य गर्न योजना बैक कसरी बनाउने र कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल गरिरहेका छौ,’ उनले भने,‘ अगामी दिनमा त्यस्तो हुन दिन्नौँ ।’ प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पूँजीको विकास आवश्यक रहेको बताए ।

मुख्यमन्त्री कार्कीले मुलुकको व्यापार घाटा कम गर्न कृषि, पशुपालनको उत्पादन वृद्धि र जलविद्युतको निर्यात जरुरी रहेकाे बताए ।

प्रकाशित मिति: शुक्रबार, १८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.