मुख्यमन्त्री हिक्मत कार्की विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैङ्क मार्फत बजेटमा योजनाहरू समावेश गर्ने बताएका छन् । योजना एकतिर बजेट अर्को तिर हुने परिपाटी भएकाले यसको अन्त्य गर्न योजना बैंक मार्फत बजेटमा योजना समावेश गर्ने बताएका हुन् ।
प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाइ आदान प्रदान कार्यक्रममा बोल्दै कार्कीले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्ने बताए ।
‘हामीले योजना एकातिर र बजेट अर्को तिर हुने परिपाटी अन्त्य गर्न योजना बैक कसरी बनाउने र कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल गरिरहेका छौ,’ उनले भने,‘ अगामी दिनमा त्यस्तो हुन दिन्नौँ ।’ प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पूँजीको विकास आवश्यक रहेको बताए ।
मुख्यमन्त्री कार्कीले मुलुकको व्यापार घाटा कम गर्न कृषि, पशुपालनको उत्पादन वृद्धि र जलविद्युतको निर्यात जरुरी रहेकाे बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)