कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी पास

Satya Sanchar सत्य सञ्चार संवाददाता

काठमाडौं । कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ । परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् ।

२.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्नेको संख्या ४६ हजार ८ सय ९३ छ । ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५ सय ९१ छ ।

प्रकाशित मिति: शुक्रबार, १८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.