पिकअप र मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर। माेरङ र झापामा सवारी दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । झापाको हल्दीबारीमा मोटरसाइकल र पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।

माेरङकाे मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे प्रहरीले बताएकाे छ । झापाकाे हल्दीबारी गाउँपालिका ५ स्थित हुलाकी राजमार्गमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किएको थियो   ।

बिहीबार बेलुका  जलथल तर्फ आउँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढ तर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक हल्दीबारी गाउँपालिका– ५ का २९ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराहक्षेत्र नगरपालिका– १० प्रकाशपुरका डिकेस काकीको मृत्यु भएको  प्रहरीले बताएकाे छ । गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । बिहीबार बेलुका मोरङको मिक्लाजुङ गाउँपालिका १ आइतबारे स्थित भित्री सडक खण्डमा रमितेबाट आइतबारे तर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक इलाम चुलाचुली– ६ घर भई मोरङको मिक्लाजुङ – १ बस्दै आएका २२ वर्षीय सन्दीप राईको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, १८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.