विराटनगर। माेरङ र झापामा सवारी दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । झापाको हल्दीबारीमा मोटरसाइकल र पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।
माेरङकाे मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे प्रहरीले बताएकाे छ । झापाकाे हल्दीबारी गाउँपालिका ५ स्थित हुलाकी राजमार्गमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
बिहीबार बेलुका जलथल तर्फ आउँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढ तर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक हल्दीबारी गाउँपालिका– ५ का २९ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराहक्षेत्र नगरपालिका– १० प्रकाशपुरका डिकेस काकीको मृत्यु भएको प्रहरीले बताएकाे छ । गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । बिहीबार बेलुका मोरङको मिक्लाजुङ गाउँपालिका १ आइतबारे स्थित भित्री सडक खण्डमा रमितेबाट आइतबारे तर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक इलाम चुलाचुली– ६ घर भई मोरङको मिक्लाजुङ – १ बस्दै आएका २२ वर्षीय सन्दीप राईको मृत्यु भएको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)