विराटनगर । बजारमा सुनको मुल्य प्रति तोला एक लाख ५० हजार नजिक पुगेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि गत २ साउनमा प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा भने सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,990)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,713)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)