काठमाडौं । नेकपा एमाले नेता गुरुप्रसाद बराल उपाध्यक्षमा मनोनीत भएका छन् । एमाले सचिवालय बैठकले सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरेको हो । बराल स्थायी कमिटी सदस्य हुन् ।
३४ औं सचिवालय बैठकले नयाँ कार्यविभाजन गरेको हो । एमालेले सातैवटा प्रदेशमा इन्चार्ज हेरफेर गरेको छ । विभाग र जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि हेरफेर गरेको छ।
एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ । यसअघि उक्त विभागको प्रमुख राजन भट्टराई थिए । भट्टराई बागमती प्रदेशको इन्चार्ज बनेका छन् ।
सचिव योगेश भट्टराईले संसदीय फाँटको विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि उक्त विभागमा पृथ्वी सुब्बा गुरूङ थिए । भट्टराई मधेश प्रदेशको इञ्चार्ज थिए । सञ्चार मन्त्रीको जिम्मेवारीमा रहेका गुरूङलाई पार्टीले जिम्मेवारी दिएको छैन ।
प्रचार विभाग प्रमुखमा राजेन्द्र गौतम यथावत छन्। संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारी र स्कुल विभागमा प्रदीप ज्ञवाली पनि यथावत छन् ।
प्रदेश तर्फ कोशी इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।
केन्द्रीय सदस्यमा १७ जना मनोनीत भएका छन् । सुवास कर्मचार्यसहित कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, ईन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)