विराटनगर । विराटनगर महानगरपालिका– १६ दरैयाका ह्याप्पीकुमार पासवानले १६ वर्ष भाडामा अरुको रिक्सा चलाए । उनले दैनिक १५ रुपैयाँका दरले रिक्सा भाडामा कुदाउन सुरु गरेका थिए । आम्दानीले परिवारको गुजारा मुस्किलले चल्यो ।
बजारमा सिटी सफारी आएपछि रिक्सा चल्न छाड्यो, रिक्सा छाडेर ह्याप्पीले फेरि सिटी सफारी भाडामा लिए । दैनिक सात सय रुपैयाँ भाडा तिरेर उनले आठ वर्ष विराटनगरमा सिटी सफारी चलाए ।
सिटी धनीलाई दिनको सात सय रुपैयाँ भाडा तिरेर उनले दैनिक ६–७ सय रुपैयाँ कमाए । सफारीको आम्दानीले छोराछोरीको पढाई खर्च र घर खर्च गरे ।
अढाई दुई वर्षयता उनले आफ्नै सफारी चलाइरहेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सिटी रिक्सा किनेर दिएपछि उनले आफ्नै सफारी चलाउन थालेका हुन् । सिटी धनीलाई दिनुपर्ने मासिक २१ हजार जोगिएको छ । घरधन्दा पनि राम्रै चलेको छ । सिटी पनि आफ्नै भएको छ ।
आर्थिक अवस्था कमजोर भएका पासवानलाई लघुवित्तले दुई लाख ६५ हजारमा ऋणमा रिक्सा उपलब्ध गराएको थियो । रिक्साको किस्ता उनले आम्दानीबाट मासिक रुपमा तिरिरहेका छन् ।
‘१६ वर्ष रिक्सा भाडामा चलाए, त्यसपछि सिटी सफारी चलाए,’ पासवान भन्छन्,‘ हिजो आफूसँग नहुँदा भाडामा चलाए, जीवन विकासले मलाई सफारीको मालिक बनाइदियो, म खुसी छु, परिवार पनि खुसी छ ।’

भाडामा रिक्सा चलाउँदा उनले आफ्नो किन्ने आट गरेका थिएनन् । आम्दानीको आधा हिस्सा सिटी धनीलाई दिनुपर्ने भएकाले उनले बचत गर्न पनि सकेनन् । जीवन विकास लघुवित्तमा उनकी श्रीमती पानोदेवी सदस्य छिन । श्रीमती मार्फत उनले रिक्सा कुदाउन पाए । ‘हिजो साहुलाई पैसा बुझाउँथे, अहिले त्यो पैसा जोगियो, बचत गर्छु ’ उनले भने,‘ थाेरै थाेरै किस्ता तिरे, यो गाडी पनि आफ्नै भयो ।’
सिटी सफारी कै कमाईले उनले छोरालाई इन्जिनियरिङ पढाइरहेका छन् । पाँच जनाको परिवारको गुजारा सहज रुपमा भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)