ह्याप्पी छन् ह्याप्पीकुमार पासवान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– १६  दरैयाका ह्याप्पीकुमार पासवानले १६ वर्ष भाडामा अरुको रिक्सा चलाए । उनले दैनिक १५ रुपैयाँका दरले रिक्सा भाडामा कुदाउन सुरु गरेका थिए । आम्दानीले परिवारको गुजारा मुस्किलले चल्यो ।

बजारमा सिटी सफारी आएपछि रिक्सा चल्न छाड्यो, रिक्सा छाडेर ह्याप्पीले फेरि सिटी सफारी भाडामा लिए । दैनिक सात सय रुपैयाँ भाडा तिरेर उनले आठ वर्ष विराटनगरमा सिटी सफारी चलाए ।

सिटी धनीलाई दिनको सात सय रुपैयाँ भाडा तिरेर उनले दैनिक ६–७ सय रुपैयाँ कमाए ।  सफारीको आम्दानीले छोराछोरीको पढाई खर्च र घर खर्च गरे ।  

अढाई दुई वर्षयता उनले आफ्नै सफारी चलाइरहेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सिटी रिक्सा किनेर दिएपछि उनले आफ्नै सफारी चलाउन थालेका हुन् । सिटी धनीलाई दिनुपर्ने मासिक २१ हजार जोगिएको छ । घरधन्दा पनि राम्रै चलेको छ । सिटी पनि आफ्नै भएको छ । 

आर्थिक अवस्था कमजोर भएका पासवानलाई लघुवित्तले दुई लाख ६५ हजारमा  ऋणमा रिक्सा उपलब्ध गराएको थियो । रिक्साको किस्ता उनले आम्दानीबाट मासिक रुपमा तिरिरहेका छन् ।

‘१६ वर्ष रिक्सा भाडामा चलाए, त्यसपछि सिटी सफारी चलाए,’ पासवान भन्छन्,‘ हिजो आफूसँग नहुँदा भाडामा चलाए, जीवन विकासले मलाई सफारीको मालिक बनाइदियो, म खुसी छु, परिवार पनि खुसी छ ।’ 

भाडामा रिक्सा चलाउँदा उनले आफ्नो किन्ने आट गरेका थिएनन् । आम्दानीको आधा हिस्सा सिटी धनीलाई दिनुपर्ने भएकाले उनले बचत गर्न पनि सकेनन् । जीवन विकास लघुवित्तमा उनकी श्रीमती पानोदेवी सदस्य छिन । श्रीमती मार्फत उनले रिक्सा कुदाउन पाए । ‘हिजो साहुलाई पैसा बुझाउँथे, अहिले त्यो पैसा जोगियो, बचत गर्छु ’ उनले भने,‘ थाेरै थाेरै किस्ता तिरे, यो गाडी पनि आफ्नै भयो ।’

सिटी सफारी कै कमाईले उनले छोरालाई इन्जिनियरिङ पढाइरहेका छन् । पाँच जनाको परिवारको गुजारा सहज रुपमा भइरहेको छ ।

प्रकाशित मिति: बिहिबार, १७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.