मोरङमा तीन जनामाथि हतियार प्रहार, दुई जनाको अवस्था गम्भीर

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । मोरङमा तीन जनामाथि धारिलो हतियार प्रहार भएको छ । सुनवर्षी र बेलबारीमा तीन जना माथि हतियार प्रहार भएको हो । घाइते हुनेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–६ पटियापाडामा ४२ वर्षीय रमेश साह र उनी पत्नी प्रमिला साहमाथि बुधबार साँझ दाउ प्रहार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले नातामा भतिज पर्ने २५ वर्षीय राजु साहले साँझ ७ बजेतिर दाउले हानेर रमेश र प्रमिलालाई घाइते बनाएको थिए ।

पूजा कोठाको माटो निकालेको विषयमा विवाद हुँदा राजुले रमेश र प्रमिलालाई दाउले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दाउ प्रहारबाट दाउको र दुवै हातमा गहिरो चोट लागेका रमेशको अवस्था गम्भीर छ । पाखुरामा चोट लागेकी प्रमिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवै जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । डीएसपी बस्नेतका अनुसार दाउ प्रहार गर्ने राजु फरार छन् ।

बेलबारी नगरपालिका–३ खेरिया टोलस्थित सम्झना चोकका २८ वर्षीय वीरेन भनिने वीरेन्द्र राईमाथि बाम्फोक प्रहार भएको छ । वीरन्द्रलाई आफ्नै दाजु ४१ वर्षीय ज्ञानबहादुर राईले राति ८ः२० बजेतिर आक्रमण गरेको थिए । ज्ञानबहादुरले भाइ वीरेन्द्रमाथि मोबाइल फुटाइदिएको आरोप लगाएका थिए ।

त्यही विषयमा विवाद हुँदा ज्ञानबहादुरले वीरेन्द्रलाई बाम्फोकले टाउकोमा हानेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका वीरेन्द्रको न्युरो अस्पतालमा उपचार भइरहेको छ । भाइमाथि बाम्फोक प्रहार गरेर फरार बनेका ज्ञानबहादुरलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ ।

प्रकाशित मिति: बिहिबार, १७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.