शान्ति सम्झौताको १८ वर्षपछि टीआरसी विधेयकमा सहमति

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयकमा प्रमुख दलहरूबीच सहमति भएको छ । बिहीबारको छलफलपछि सहमति जुटेको हो ।

विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने वातावरण बनेको सहजीकरण कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सहमतिअनुसार गम्भीर मानव अधिकार उल्लंघनको घटनामा पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ ।

संक्रमणकालीन न्यायसँग जोडिएको विषय भएकाले पृथक र विशेष प्रकारको न्याय प्रणाली भएकाले यसलाई फौजदारी अभियोगसँग हेर्न नहुने उनको भनाइ छ ।

कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले विज्ञहरूसमेतको सुझावको आधारमा विषयहरू टुंग्याइएको बताए । अब प्रतिवेदन शीर्ष नेतालाई बुझाएर विधेयक अघि बढाउने उनले बताए ।

गृहमन्त्री रमेश लेखकका अनुसार द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति पनि जुटेको छ । बहिगर्मित लडाकूहरुलाई र द्वन्द्व प्रभावितलाई परिपूरण दिने सहमति पनि भएको छ ।

५ मंसिर २०६३ मा नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हस्ताक्षर गरेका थिए । सम्झौतामा द्वन्द्वकालमा भएका घटना किनारा लगाउनका लागि सङ्क्रमणकालीन न्याय सम्बन्धी छुट्टै कानुन बनाउने सहमति थियो ।

प्रकाशित मिति: बिहिबार, १७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.