शान्ति सम्झौताको १८ वर्षपछि टीआरसी विधेयकमा सहमति

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयकमा प्रमुख दलहरूबीच सहमति भएको छ । बिहीबारको छलफलपछि सहमति जुटेको हो ।

विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने वातावरण बनेको सहजीकरण कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सहमतिअनुसार गम्भीर मानव अधिकार उल्लंघनको घटनामा पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ ।

संक्रमणकालीन न्यायसँग जोडिएको विषय भएकाले पृथक र विशेष प्रकारको न्याय प्रणाली भएकाले यसलाई फौजदारी अभियोगसँग हेर्न नहुने उनको भनाइ छ ।

कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले विज्ञहरूसमेतको सुझावको आधारमा विषयहरू टुंग्याइएको बताए । अब प्रतिवेदन शीर्ष नेतालाई बुझाएर विधेयक अघि बढाउने उनले बताए ।

गृहमन्त्री रमेश लेखकका अनुसार द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति पनि जुटेको छ । बहिगर्मित लडाकूहरुलाई र द्वन्द्व प्रभावितलाई परिपूरण दिने सहमति पनि भएको छ ।

५ मंसिर २०६३ मा नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हस्ताक्षर गरेका थिए । सम्झौतामा द्वन्द्वकालमा भएका घटना किनारा लगाउनका लागि सङ्क्रमणकालीन न्याय सम्बन्धी छुट्टै कानुन बनाउने सहमति थियो ।

प्रकाशित मिति: बिहिबार, १७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.