विराटनगर । जबरजस्ती करणी मुद्दाका कैदी विराटनगरको कोशी अस्पतालबाट फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद फरार भएका हुन् ।
कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान ५ः१५ बजेतिर फरार भएका हुन् ।
विराटनगर महानगरपालिका–८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् ।
अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ । अहमदको निगरानीका लागि कारागारले प्रहरी सहायक हवल्दार राजीव राजभण्डारी र जवान ज्ञानेन्द्रबहादुर कटवाललाई खटाएको थियो ।
शौचालय जाने बहानामा प्रहरीलाई धकेलेर फरार भएका कैदीको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी उच्च बनाएको छ ।
घटनाको अनुसन्धान सुरु गरिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । प्रहरीको लापरबाही देखिए कारबाही हुने उनको भनाइ छ । बस्नेतका अनुसार शौचालन जाने क्रममा निगरानीमा खटिएका प्रहरीलाई धकेलेर लडाएको र त्यही मौकामा कैदी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका अहमदले करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते उनलाई १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको पाइएको छ । त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतले गरेको थियो ।
अहमदले अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गतेसम्म कारागारभित्र बस्नुपर्ने हुन्थ्यो । कारागारमा हाल ४ जना नाबालक र ९५ महिलासहित १ हजार १६ जना कैदीबन्दी छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)