राष्ट्रपतिबाट माफी पाएका सुभाष तामाङ : जेलबाट छुटेपछि अर्को हत्या

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कर्तब्य ज्यान मुद्दामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आधा सजाय माफी पाएका उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुभाष तामाङ हत्या आरोपमा पुन पक्राउ परेका छन् । मंगलबार राति मोरङको उर्लाबारीमा २४ वर्षीय कुशल दाहालको हत्या आरोपमा तामाङ पक्राउ परेका हुन् । उर्लाबारी ४ का दाहाललाई आफ्नै घरमा लगेर तामाङले छुरा प्रहार गरेका थिए ।

तामाङ दश वर्षअघि पनि साथीको हत्या आरोपमा पक्राउ परेका थिए । कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका उनी पाँच वर्ष मै माफी पाएर छुटेका थिए । त्यसपछि पून अपराधिक घटनामा सक्रिय भए । कर्तब्य ज्यान मुद्दाको सजाय भुक्तानपछि छुटेका उनी ज्यान मार्ने उद्योग, लागूऔषध करोबार र अभद्र व्यवहार कसूरमा पून कारागार परे ।

मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार ८ असोज २०७१ मा साथीको हत्या गरेपछि पक्राउ परेका तामाङलाई १० वर्ष कैद सजाय भएपनि २०७६ सालमा गणतन्त्र दिवसमा छुटेको देखिन्छ । त्यसको एक वर्ष नबित्दै उनी ज्यान मार्ने उद्योगमा मुछिए । ८ भदौ २०७७ मा उनलाई जिल्ला अदालतबाट दुई वर्ष ६ महिना कैद सजाय भयो । सोही वर्ष ब्राउन सुगर कारोबारको कसुरमा तीन महिना कैद सजाय भएको थियो । ब्राउन सुगरको फैसला हुँदा उनी ज्यान मार्ने उद्योगको मुद्दामा सजाय काटिरहेका थिए ।

सजय भुक्तानपछि छुटेका उनी २४ असोज २०८० मा जिल्ला अदालतको आदेशपछि धरौटी बुझाउन नसकेर कारागार चलान भए । भोलिपल्ट एक लाख धरौटी बुझाएर छुटेका थिए ।

मंगलबार आफ्नै घरमा आएका कुशलको हत्यापछि फरार भएका उनी बुधबार दिउँसो पक्राउ परेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

दाहालको मंगलबार साँझ हत्यापछि फरार तामाङलाई बस चढेर भाग्दै गर्दा सुन्दरहरैँचा नगरपालिका–४ दुलारीबाट प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रहरीका अनुसार तामाङले लाट्ठी र खुकुरी प्रहार गरेर दाहालको हत्या गरेका थिए । तामाङले अन्य युवाहरुको सहयोग लिएर दाहाल र उर्लाबारी–४ कै ३१ वर्षीय सञ्जय आचार्यलाई साँझ ६ बजेतिर आफ्नो घरमा लगेका थिए ।

उर्लाबारी–५ स्थित उद्योग वाणिज्य संघको कार्यालयनजिक रहेको घरमा उनी एक्लै बस्थे । घरमा पुगेपछि मोबाइल चोरेको आरोपमा आक्रमण गर्दै छुरा प्रहार गरेका थिए । प्रहरीले तामाङसँगै रहेका अन्य स्थानीय युवाहरुको पनि खोजी गरिरहेको छ ।

तामाङको आक्रमणबाट गम्भीर घाइते भएका दाहाललाई आचार्यले नै सीटी सफारीमा राखेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्याएका थिए । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापा बिर्तामोडको बी एन्ड सी अस्पताल लगियो । बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पटके अपराधि

प्रहरीका अनुसार तामाङ पटके अपराधी हुन् । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरेपछि छुटेका उनी पटक पटक अपराधिक घटनामा मुछिएका थिए । ८ असोज २०७१ मा उनले आफ्नै घर अगाडि उर्लाबारी–२ का नवीन राईको हत्या गरेका थिए । सो मुद्दामा जिल्ला अदालत मोरङले तामाङलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर तत्कालीन जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले २७ माघ २०७१ मा गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाइदियो । उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश कुमारप्रसाद पोखरेल र शिवराज अधिकारीको संयुक्त इजलासले २९ भदौ २०७३ मा तामाङलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । १० जेठ २०७५ मा सर्वाेच्चले उच्चको फैसला सदर गरेको थियो ।

जिल्लाको फैसला उल्टिएर तीन तहको अदालतबाट मुद्दा किनारा लागेपछि २०७६ सालमा गणतन्त्र दिवसमा उनले आधा सजाय (पाँच वर्ष) माफी मिनाहा पाएका थिए । त्यसपछि पनि पटक पटकको घटनामा पक्राउ परेका उनी पटके अपराधि रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बुधबार, १६ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.