उर्लाबारीका कुशलको हत्या आराेपमा सुभाष तामाङ पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्नलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ । हत्यामा संलग्न उर्लाबारी–५ का ३५ वर्षीय सुभाष तामाङलाई प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–४ दुलारीबाट पक्राउ गरेको हो ।

दाहालको हत्या गरेर तामाङ फरार बनेपछि प्रहरीले सार्वजनिक सवारीसाधन चेकजाँचमा कडाइ गरेको थियो । को १ ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

उनका अनुसार ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बसभित्र भेटिएपछि तामाङलाई पक्राउ गरिएको हो । ट्राफिक प्रहरी पोस्ट गछियाका असइ किशोर निरौला नेतृत्वको टोलीले पक्राउ गरेर तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीको जिम्मा लगाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रहरीका अनुसार तामाङले लाट्ठी र खुकुरी प्रहार गरेर मंगलबार साँझ दाहालको हत्या गरेका हुन् । तामाङले अन्य युवाहरुको सहयोग लिएर दाहाल र उर्लाबारी–४ कै ३१ वर्षीय सञ्जय आचार्यलाई साँझ ६ बजेतिर उर्लाबारी–५ स्थित उद्योग वाणिज्य संघको कार्यालयनजिक रहेको आफ्नो घरमा लगेका थिए । घरमै पुुर्याएर दाहालको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीका अनुसार उर्लाबारी–५ का अन्दाजी २५ वर्षीय करण लिम्बू, उर्लाबारी–६ का अन्दाजी ३० वर्षीय रिजन आलेमगर र उर्लाबारी–७ का अन्दाजी २८ वर्षीय आङसुहाङ देवानले दाहाल र आचार्यलाई तामाङको घरसम्म पुर्याउन मद्धत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । तर, हत्यामा उनीहरुको संलग्नता यकिन भइसकेको छैन । फरार रहेका उनीहरुको खोजी भइरहेको बस्नेतले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा लिम्बू, आलेमगर र देवानको प्रत्यक्ष संलग्नता देखिँदैन । तामाङको घरसम्म लैजान सहयोगीको भूमिका चैं निर्वाह गरेको खुल्यो । घटनापछि आचार्यलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । आचार्यलाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार दाहालमाथि तामाङले मात्रै लाट्ठी र खुकुरी प्रहार गरेको खुलेको छ ।

घरमा तामाङ एक्लै बस्दै आएको प्रहरीको भनाइ छ । दाहालको हत्या भएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार तामाङले आफ्नो मोबाइल चोरी गरेको आरोप दाहालमाथि लगाएका थिए ।

त्यही विषयमा विवाद हुँदा दाहालको हत्या भएको डीएसपी बस्नेतले बताए । त्यस क्रममा तामाङले आचार्यलाई समेत लाट्ठीले हानेको खुलेको छ । आचार्यले भने तामाङसँग केही दिनअघि १ हजार रूपैयाँ सापटी लिएर फिर्ता नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: बुधबार, १६ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.