प्रहरी हिरासतमा थुनुवाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेको एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका मेचीनगर नगरपालिका वडा नम्बर ६ घर भई वडा नम्बर ७ मा बस्दै आएका २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो ।

उनलाई प्रहरीले लागूऔषध खैरो हिरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

१३ साउनमा ५ ग्राम खैरो हिरोइनसहित पक्राउ खड्कामाथि प्रहरीले अनुसन्धानका लागि पाँच दिन म्याद थपेको थियो ।

मंगलबार राति करिब साढे १ बजे अचानक गम्भीर विरामी भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

खड्काको मृत्युको कारण खुलेको छैन । उनका अनुसार पोष्टमार्टम गरिएपनि रिपोर्ट आइसकेको छैन । हिरासतमा थुनुवाको मृत्यु भएको घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, १६ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.