प्रहरी हिरासतमा थुनुवाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेको एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका मेचीनगर नगरपालिका वडा नम्बर ६ घर भई वडा नम्बर ७ मा बस्दै आएका २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो ।

उनलाई प्रहरीले लागूऔषध खैरो हिरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

१३ साउनमा ५ ग्राम खैरो हिरोइनसहित पक्राउ खड्कामाथि प्रहरीले अनुसन्धानका लागि पाँच दिन म्याद थपेको थियो ।

मंगलबार राति करिब साढे १ बजे अचानक गम्भीर विरामी भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

खड्काको मृत्युको कारण खुलेको छैन । उनका अनुसार पोष्टमार्टम गरिएपनि रिपोर्ट आइसकेको छैन । हिरासतमा थुनुवाको मृत्यु भएको घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, १६ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.