भारतको केरलामा बाढीपहिरोमा परी १२३ जनाको मृत्यु, नेपाली पनि परेको आशङ्का

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । बीबीसी हिन्दीका अनुसार मृतकको संख्या १२३ पुगेको हो । घटनापछि ९० जना हराइरहेका छन् ।

केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान गएको पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए ।

वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले बताएका छन् ।

केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । बाढीपहिरोमा नेपालीहरु परेको आशंका गरिएको छ ।

खोज तथा उद्धारमा सेना, नौसेना, वायु सेना, आपदा मोचन बल सहितका उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आई अध्यक्ष एवम् वायनाडका सांसद राहुल गान्धी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, १६ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.