माेरङकाे उर्लाबारीमा युवकको हत्या

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

मंगलबार राति उर्लाबारी नगरपालिका– ४ का २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो ।

उनीमाथि उर्लाबारी– ५ का सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो । गम्भीर घाइते दाहालको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घटनापछि तामाङ फरार छन् । उनले नै छुरा प्रहार गरेको आशंका छ ।

अपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएको प्रहरीले बताएको छ । फरार तामाङको खोजी जारी छ ।

तामाङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा कारागार परेका थिए । व्यक्ति हत्या अभियोगमा कैद सजाय भुक्तान गरेर केही दिनअघि मात्रै छुटेको प्रहरीले बताएको छ ।

हत्याको कारण खुलेको छैन । घटनामा संलग्न अरु पनि छन कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.