कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारमा सचिवहरुलाई बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न पनि निर्देशन दिएका छन् ।

सामूहिक अनुदानमा सरकार अलिक उदार नै हुने उनले बताए । ‘जस्तो मलखादमा अनुदान । सबै किसानलाई जाने अनुदान हो यो । त्यसकारण ठीक छ’, प्रधानमन्त्री ओलीले भने ।

तर व्यक्तिगत अनुदान भने रोक्नुपर्ने उनले बताए ।

‘गाई पाल्न एक करोड, सुँगर पाल्न एक करोड, भैंसी पाल्न एक करोड फलानालाई अनुदान’, खासगरी कृषि मन्त्रालयमा यस्तो खुब अनुदान हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुरा रोक्नुपर्छ, यो एकदमै स्टप गर्नुपर्छ ।’ सित्तै पैसा दियो भने त्यसले मान्छेलाई बिगार्ने उनको विश्लेषण छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.