प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं । कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा सचिवहरुलाई बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न पनि निर्देशन दिएका छन् ।
सामूहिक अनुदानमा सरकार अलिक उदार नै हुने उनले बताए । ‘जस्तो मलखादमा अनुदान । सबै किसानलाई जाने अनुदान हो यो । त्यसकारण ठीक छ’, प्रधानमन्त्री ओलीले भने ।
तर व्यक्तिगत अनुदान भने रोक्नुपर्ने उनले बताए ।
‘गाई पाल्न एक करोड, सुँगर पाल्न एक करोड, भैंसी पाल्न एक करोड फलानालाई अनुदान’, खासगरी कृषि मन्त्रालयमा यस्तो खुब अनुदान हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुरा रोक्नुपर्छ, यो एकदमै स्टप गर्नुपर्छ ।’ सित्तै पैसा दियो भने त्यसले मान्छेलाई बिगार्ने उनको विश्लेषण छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,360)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,113)