राष्ट्र बैंकको परिपत्र : असारसम्मकाे ब्याज साउनमा उठे लाभांश बाँड्न मिल्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत आर्थिक वर्ष २०८०–८१ मा प्रोदभावी आधार (एक्रुअल बेसिस)मा लेखांकन गरिएको ब्याज २०८१ साउन मसान्तसम्म प्राप्त भए लाभांश बाँड्न सक्ने सुविधा दिएको छ ।

सोमबार नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले परिपत्र जारी गर्दै यस्तो सुविधा दिएको हो । १५ साउनसम्म प्राप्त त्यस्तो ब्याजबाट मात्रै लाभांश बाँड्न पाउनेमा यो पटक साउन मसान्तसम्मको समय दिएको हो ।

उठ्न बाँकी भए पनि पाकेको ब्याजलाई आम्दानी जनाउनुपर्ने हुन्छ । सोही आधारमा त्यसबाट आयकर भुक्तानी तथा कर्मचारी बोनस समेत वितरण हुन्छ ।

गत असारसम्म पाकेको यस्तो ब्याज साउनभित्र उठाए त्यसलाई गत असारको वित्तीय विवरणमा देखाएर गत वर्षको मुनाफाबाट बाँड्न मिल्ने नाफा (सञ्चित मुनाफा) मा लेखांकन गर्न पाउने उल्लेख छ ।

२०८०–८१ मा प्रोदभावी आधारमा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८१ साउन मसान्तभित्र प्राप्त ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबर रकममा प्रचलित नियमानुसार आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकम सञ्चित मुनाफाबाट खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने छ,’ राष्ट्र बैंकको निर्देशनमा छ ।

एनएफआरएस लागु नभएका लघुवित्त वित्तीय संस्थाका हकमा २०८०–८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भए त्यसलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाले २०८०–८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउनेछन् ।

प्रकाशित मिति: मङ्गलबार, १५ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.