विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रदेश तहबाट टुङ्गो लगाउन नसकेपछि नेपाली कांग्रेस कोशी प्रदेश समितिले मन्त्री छान्नका लागि केन्द्रमा मापदण्ड पठाएको छ । सोमबार विराटनगरमा बसेको प्रदेश समिति बैठकले मापदण्ड बनाएर केन्द्रमा पठाएको हो ।
प्रदेश समितिले जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्ने मापदण्ड बनाएर केन्द्रमा पठाएको हो । अब केन्द्रले नाम दिएपछि प्रदेश सरकारमा कांग्रेस सहभागी हुनेछ ।
कोशी प्रदेशमा नेपाली कांग्रेसले ४ वटा मन्त्रालय पाएको छ । प्रदेशसभामा रहेका २९ मध्ये अधिकांश प्रदेश सभा सदस्यहरूले मन्त्रीमा दाबी गरेपछि प्रदेश समितिले मन्त्री बनाउनेको मापदण्ड बनाएर केन्द्रमा पठाएको हो ।
नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले मन्त्रीको नाम छान्दा चार वटा आधार हेर्नका लागि केन्द्रमा पठाइएको बताए । सोमबारको बैठकले सरकारमा जाने औपचारिक निर्णय पनि गरेको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)