पक्की घर उचाल्न लिफ्टिङ विधिकाे प्रयाेग

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सडकको सतह भन्दा तल घर पर्यो भने के गर्ने ? माथि उठाउने वा वरपर सार्ने योजनामा हुनुहुन्छ भने तपाइएका लागि लिफ्टिङ विधि उपयोगी हुनसक्छ । यो विधि मार्फत पक्की घरलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि मिल्छ ।

विराटनगरमा लिफ्टिङ विधिको प्रयोग गरी दुई वटा घर माथि उचालिएको छ । एउटा घरलाई एक स्थानबाट अर्का स्थानमा सारिएको छ ।  विराटनगर बसपार्कमा उद्योगी तथा समाजसेवी दिनबन्धु गोयलले आफ्नो दुई तल्ले घर लिफ्टिङ विधिको  प्रयोग गरेर करिब चार फिट उचालेका हुन् ।

रानी विराटनगर धरान सडक स्तरोन्नति गर्दा अग्लो भएपछि गोयलको घर सडक भन्दा तल थियो । लिफ्टिङ विधिको प्रयोग गरी उनले घर सडककै सतहमा आएको छ ।

केही महिनाअघि विराटनगरका उद्योगी राजेन्द्र राउतले दुई तल्ले  भवन ५५ फिट सारेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष समेत रहेका राउतले भने नयाँ अस्पतालको संरचना निर्माणका लागि पुरानो दुई तल्ले भवन एक ठाउँबाट अर्काे ठाउँ सारेका हुन् ।  ‘हामीले  भवनलाई ५५ फिट जति सार्यौँ, पुरानो जग काटेर नयाँ जग बनाएर जगमाथि बिल्डिङ सारिएको छ,’ उनले भने,‘ सम्भवत नेपालमा सिफ्ट गर्ने पहिलो हुनुपर्छ ।’

उनका अनुसार नयाँ घर बनाउँदा लाग्ने खर्चको १०–१५ लागतमा नयाँ जग तयार गरेर भवन सारिएको हो । बिल्डिङ सार्नका लागि दुई महिना लगाएको थियो ।
करिब डेढ वर्ष अघि उद्योगी राकेश सुरानाले पनि आफ्नो सुनसरीको दुहबीमा एक तले भवन साढे चार फिट उठाएका थिए । सडक विस्तार गर्दा अफिस प्रयोजनका लागि बनाएको घर डुबानमा परेपछि लिफ्टिङ प्रयोग गरेर उठाएको उनले बताए । तीन वटै घर उचाल्ने र सार्ने कामका लागि भारतीय प्राविधिकसहितको टोली खटिएको थियो ।

प्राविधिकले मेनुअल रुपमा  सारेको घरमा कुनै समस्या नआएको  सुरानाको भनाई छ । ‘ अफिस सडक भन्दा तल परेपछि लिफि्टङबाट सडक भन्दा माथि उठाए, त्यस्तो कुनै समस्या छैन,’ उनले भने,‘ विराटनगर जस्तो सडक विस्तार गर्दा सडक भन्दा तल परेका घरहरु माथि उठाउनका लागि लिफ्टिङ उपयुक्त विधि हो ।’ सडक भन्दा माथि भवन उठाएपछि डुबानको समस्या हटेको उनको भनाई छ । विराटनगर बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतह भन्दा तल छन् । जसले गर्दा बर्खामा डुबानको समस्या हुन्छ ।

हाउस लिफ्टीङका लागि प्राविधिकले घरको बेसको (टाइप बीम) संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने ‘जग’ लगाएर ब्यालेन्स गर्छन् । घरको बेसमेन्ट वरिपरि जग लगाएपछि प्राविधिकले पालैपालो जग घुमाएर माथि उठाउँछन् । जग उठाएपछि खाली भएको स्थानमा कङ्क्रिट र ईटाको संरचना बनाउँछन् । सामान्य फलाको जग प्रयोग गरेर घर उठाउँदा जोखिम नहुने प्राविधिको दाबी छ ।

भारतीय एलबिएल हाउस लिफ्टिङले बसपार्कमा दुई तल्ले घर उठानका लागि ३०० वटा जग र ३० जना मजदुर प्रयोग गरेको छ । घर उचाल्ने काम गरिरहेका इन्जिनियर लालचन्दकुमार गुप्ताले सामान्य प्रविधिको प्रयोग गरी जोखिमरहित रुपमा लिफ्टिङ गरिरहेको बताए । हाउस लिफ्टिङलाई जग टेक्नोलोजी पनि भनिने उनले बताए । भारत र नेपालमा काम गरिरहेको बताउने उनी नेपालमा एक सय अघि घर उठाउने र सार्ने काम गरेको बताउँछन् । यसरी घर उचाल्नका लागि न्यूनतम दुई महिना लाग्ने उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, १४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.