उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको उर्लाबारी मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।

उर्लाबारी नगरपालिका–९ खोपीडाँडास्थित भित्री सडक खण्डमा आइतबार साँझ दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर साँझ ६ः३० बजेतिर दुर्घटना भएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको दमक नगरपालिका–१० का अन्दाजी २२ वर्षीय धनराज रिजालको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई र पछाडि सवार रिजाल गम्भीर घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो ।

उपचारका क्रममा रिजाललाई ७ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए ।

गम्भीर घाइते भट्टराईलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, १४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.