विराटनगरमा विद्यार्थीमाथि निर्घात कुटपिट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विद्यार्थीको एउटा समूहले आइतबार राति विराटनगरमा एकजना विद्यार्थीमाथि कुटपिट गरेको छ । ल क्याम्पस विराटनगरमा अध्ययनरत बाराको कलैया नगरपालिका–१३ घर २१ वर्षीय रवीन्द्रप्रसाद कुशवाहामाथि कुटपिट भएको हो । विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए । कुटपिटबाट घाइते उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर–१ स्थित ल क्याम्पसनजिक राति ९ः३५ बजेतिर घटना भएको हो । क्याम्पसमा अध्ययनरत अन्य विद्यार्थीले कुशवाहालाई कुटपिट गरेको उनले बताए ।

कुटपिट गर्ने समूहका एक जना पर्साको वीरगन्ज उपमहानगरपालिका–११ घर भएका २३ वर्षीय मिकलेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ । अन्य फरार रहेकाले खोजी जारी राखिएको बस्नेतले बताए । उनका अनुसार घाइते हुने र घटनामा संलग्नहरु ल क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रकाशित मिति: सोमबार, १४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.