विराटनगरमा विद्यार्थीमाथि निर्घात कुटपिट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विद्यार्थीको एउटा समूहले आइतबार राति विराटनगरमा एकजना विद्यार्थीमाथि कुटपिट गरेको छ । ल क्याम्पस विराटनगरमा अध्ययनरत बाराको कलैया नगरपालिका–१३ घर २१ वर्षीय रवीन्द्रप्रसाद कुशवाहामाथि कुटपिट भएको हो । विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए । कुटपिटबाट घाइते उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर–१ स्थित ल क्याम्पसनजिक राति ९ः३५ बजेतिर घटना भएको हो । क्याम्पसमा अध्ययनरत अन्य विद्यार्थीले कुशवाहालाई कुटपिट गरेको उनले बताए ।

कुटपिट गर्ने समूहका एक जना पर्साको वीरगन्ज उपमहानगरपालिका–११ घर भएका २३ वर्षीय मिकलेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ । अन्य फरार रहेकाले खोजी जारी राखिएको बस्नेतले बताए । उनका अनुसार घाइते हुने र घटनामा संलग्नहरु ल क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रकाशित मिति: सोमबार, १४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.