विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ ।
प्रदेशले मन्त्रीको नाम टुङ्गो लगाउन नसकेपछि केन्द्रीय नेतृत्वलाई आग्रह गरेको थियाे । आकांक्षी धेरै भएका कारण केन्द्रीय नेतृत्वलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो ।
कांग्रेस स्रोतका अनुसार प्रदेशमा ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट १–१ जना मन्त्री हुनेछन् ।
शनिबार एमालेसँग भागबन्डा टुंगो लगाएको कांग्रेसले आज नयाँ मन्त्रीको नाम पठाउने बताएको थियो । तर नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा आजै सरकारमा सहभागि हुने सम्भावना नरहेको बताउँछन् । केन्द्रीय नेतृत्वले सरकारमा सहभागि हुने मन्त्रीको नाम टुङ्गो लागेपछि सरकारमा सहभागि हुने उनले बताए ।
नेपाली कांग्रेस प्रदेश समितिको बैठक आज बस्दैछ । बैठकले एमाले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्नेछ । मन्त्रीको नामका विषयमा भने शीर्ष नेताले छलफल गरेपछि टुङ्गो लाग्ने प्रदेश सभापति समेत रहेका संसदीय दलका नेता थापाले बताए ।
‘मन्त्रालय ४–४ भागबन्डा गर्ने सहमति भयो,’उनले भने,‘ अब मन्त्री कसलाई पठाउने भन्ने विषयमा शीर्ष नेताहरु बस्नुहुन्छ, त्यसपछि मात्रै सहभागी बन्ने कुरा हुन्छ ।’
शनिबारकाे सहमति अनुसार कांग्रेसले नाम नदिएपछि सरकार विस्तारकाे समय लम्बिएकाे छ । ‘मुख्यमन्त्रीज्यू तयार हुनुहुन्छ, कांग्रेसले नाम दिने बित्तिकै सरकार विस्तार हुन्छ,’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सचिवालयले भन्यो,‘ कांग्रेसबाट नयाँ मन्त्रीको नाम पर्खिरहेका छौं ।’
कोशी सरकारमा कांग्रेसले चार मन्त्रीको नाम पटाउनेछ । शनिबारको छलफलमा एक–एक जना राज्यमन्त्री पठाउने सहमति भएपनि कांग्रेसले दुई जना राज्यमन्त्री पठाउने प्रस्ताव गरेको छ । यो प्रस्तावमा छलफल भने भइसकेको छैन ।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गामलगायत सांसद मन्त्रीको आकांक्षी छन् । सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई मन्त्रीको दौडमा छन् । पराजुली विराटनगर महानगरपालिकाको पूर्व मेयर हुन् । राई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष हुन् ।
डाक्टर शेखर कोइराला समूहबाट गोविन्द गिरी, मानबहादुर राई, शमशेर राई, इन्दीरा थापालगायत मन्त्रीको आकाक्षी छन् । कोइराला समूहबाट मानबहादुरलाई मन्त्री बनाउन शुनिल शर्माले पनि दबाब बढाइरहेका छन् ।
प्रदेशमा नेपाली कांग्रेसले भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय पाउने टुङ्गो लागिसकेको छ । माओवादीले सरकार छाडेपछि तीन मन्त्रालय खाली छन् । माओवादीले छाडेका तीन बाहेक कृषि र सामाजिक विकास मन्त्रालय मध्ये एक मन्त्रालय कांग्रेसले रोजेर लिनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)