२० वर्षमा किनारा लाग्याे गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दा २० वर्षपछि किनारा लागेको छ । मुद्दा किनारा लाग्दा उनी भ्रष्टाचार मुद्दा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले स्रोत नखुलेको सम्पत्ति जोडेर भ्रष्टाचार गरेकोमा तत्कालीन कांग्रेस नेता जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको साढे २० वर्षपछि जोशी विरुद्धको मुद्दा टुंगिएको हो । अब उनले कैद सजाय भोग्नुपर्नेछ ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेपनि सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीको केही कैद र जरिवाना भने घटाइदिएको छ । उनलाई विशेष अदालतले डेढ वर्ष कैद सजाय सुनाएकोमा सर्वोच्च अदालतले आधा घटाएर ९ महिनामात्रै कैद सजाय सुनाएको हो ।

२ करोड १६ लाख १४ हजार ३७६ रुपैंया जरिवाना हुने विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले ६९ लाख १५ हजार रुपैंया मात्रै जरिवाना गर्ने फैसला गरेको हो । सर्वोच्चले जोशीसँगै प्रतिवादी बनाइएका ताराराज पाण्डे र बासुदेव पन्तलाई सफाइ दिएको छ ।

प्रकाशित मिति: सोमबार, १४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.