लघुवित्तको सेवा शुल्क घटाउन राष्ट्र बैङ्कको परिपत्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क घटाएको छ ।आइतबार लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै सेवा शुल्क घटाएका हो ।

संशोधित निर्देशिका अनुसार अब ‘घ’ वर्गका लघुवित्तले कर्जा लगानी गर्दा स्वीकृत कर्जामा सेवा शुल्क बापत १.३ प्रतिशतसम्म मात्रै लिन पाउनेछन् । यसअघि सेवा शुल्क अधिकतम १.५ प्रतिशत थियो ।

एक वर्षभन्दा कम अवधिका लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जामा पनि वार्षिक १.३ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा उक्त दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो सेवा शुल्क पनि १.५ प्रतिशत नै थियो ।

कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्कबाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतका रूपमा राख्न नपाउने निर्देशिकामा उल्लेख छ ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकसँग कारोबार गर्ने ऋणीले ‘घ’ वर्गका लघुवित्त सँग ऋणी लिन नपाउने प्रावधान पनि लागु गरेको छ । एक जना ऋणीले ‘घ’ वर्गका अधिकतम दुई वटा वित्तीय संस्थासँग मात्रै करोबार गर्न पाउने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, १३ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.