लघुवित्तको सेवा शुल्क घटाउन राष्ट्र बैङ्कको परिपत्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क घटाएको छ ।आइतबार लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै सेवा शुल्क घटाएका हो ।

संशोधित निर्देशिका अनुसार अब ‘घ’ वर्गका लघुवित्तले कर्जा लगानी गर्दा स्वीकृत कर्जामा सेवा शुल्क बापत १.३ प्रतिशतसम्म मात्रै लिन पाउनेछन् । यसअघि सेवा शुल्क अधिकतम १.५ प्रतिशत थियो ।

एक वर्षभन्दा कम अवधिका लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जामा पनि वार्षिक १.३ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा उक्त दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो सेवा शुल्क पनि १.५ प्रतिशत नै थियो ।

कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्कबाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतका रूपमा राख्न नपाउने निर्देशिकामा उल्लेख छ ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकसँग कारोबार गर्ने ऋणीले ‘घ’ वर्गका लघुवित्त सँग ऋणी लिन नपाउने प्रावधान पनि लागु गरेको छ । एक जना ऋणीले ‘घ’ वर्गका अधिकतम दुई वटा वित्तीय संस्थासँग मात्रै करोबार गर्न पाउने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, १३ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.