मिक्लाजुङमा मोटरसाइकल दुर्घटना: छोरीको मृत्यु, बाबु–आमा घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । बाबु र आमा घाइते भएका छन् । रमिते–टाँडी सडक खण्डअन्तर्गत मिक्लाजुङ गाउँपालिका–१ झण्डे डाँडामा शनिबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

रमितेबाट उर्लाबारीतर्फ जाँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका–१ घर भएकी १३ वर्षीया सुस्मिता धिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको देखिएको उनले बताए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुस्मिता गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।

मोटरसाइकल सुस्मिताका बुवा ३७ वर्षीय सुनील धिमालले चलाएका थिए । दुर्घटनामा सुस्मिताका बाबु सुनीलसहित मोटरसाइकलको पछाडि सवार आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएको डीएसपी बस्नेतले बताए । सुनील र चन्द्रमायाको अवस्था सामान्य छ । उनीहरुको उपचार जारी छ ।

दुर्घटनामा परेको मोटरसाइकल सडकबाट लगभग ७० मिटर तल झरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, १३ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.